6 years ago
August 10, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडाको दोस्रो क्वालिफायर खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ब्राम्प्टन वल्भ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राती ११ : ४५ पछि ब्राम्प्टनमा सुरु हुने छ ।

ब्राम्प्टन पहिलो क्वालिफायरमा भान्कुभर नाइट्ससँग डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित हुँदै सोझैं फाइनलमा पुग्ने अवसर गुमाएको थियो । आजको विजेताले उपाधिको लागि आइतबार भान्कुभर नाइट्ससँग खेल्ने छ ।
यता सोमपाल रहेको हक्सले ऐलिमिनेटर खेलमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनललाई २ रनले डक वर्थ लेविस पद्धतीको आधारले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । समुह चरणको खेलमा हक्स ब्राम्प्टनसँग ७ विकेटले पराजित भएको थियो ।
अब्बल ब्राम्प्टन
यी दुई टोलीबीच जारी प्रतियोगिताको नतिजा हेर्ने हो भने हक्स भन्दा ब्राम्प्टन धेरै बलियो देखिन्छ । ब्राम्प्टनले ६ खेलमा ४ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहँदै सोझै पहिलो क्वालिफायर खेलेको थियो । हक्सले भने ६ खेलमा २ मा जित र ३ मा हारका साथ अन्तिम चारमा रहेर प्ले अफमा स्थान बनाएको थियो ।
हक्सका लागि क्रिस लिन, जेपी ड्युमिनी र मोहम्मद इरफान मुख्य हतियार हुन् । ब्राम्प्टनका कोलिन मुनरो, शाहिद अफ्रिदी, वहाव रियाज र इस सोधीको प्रर्दशन महत्वपूर्ण रहने छ । समुह चरणको खेलमा ब्राम्प्टनले हक्सलाई सहजै हराएको थियो ।
सोमपालको संभावना न्युन
हक्समा रहेका नेपाली तिब्र गतिका बलर सोमपाल कामीको संभावना आजको खेलमा पनि न्युन छ । डाफ्टमा ३ हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हक्सले सोमपाललाई एक खेलमा मौका दिएको थियो । डेब्यू खेलमै एडमन्टन रोयल्ससँग खराब प्रर्दशन गरेपछि अन्य खेलमा हक्सले सोमपालमाथि विश्वास देखाएको छैन । यद्यपी टोरन्टो नेशनलसँगकोे खेलमा हक्सका बलरले खराब प्रर्दशन गर्दै २० ओभरमा ५ विकेट लिदा २ सय ३८ रन खर्चेका थिए । त्यसैले आजको खेलमा मौका पाउन सक्ने झिनो संभावना रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]