default_image

6 years ago

August 10, 2019

प्रदेश १ क्रिकेट संघमा शेर्पा

129 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रदेश १ प्रादेशिक क्रिकेट संघको अध्यक्षमा मिङ्मा डान्डु शेर्पा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार विराटनगरका भएको विशेष साधारण सभाले उपाध्यक्ष बाहेक अन्य १२ सदस्य पदाधिकारी सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा नविन घिमिरे निर्वाचित भएका छन् । उपाध्यक्षको पदको लागि सर्वसम्मत हुन नसक्दा निर्वाचन हुन पुगेको थियो । सचिवमा मनोज कटुवाल र कोषाध्यषमा बिरु श्रेष्ठ चुनिएका छन् ।

सदस्यमा अनुप ढुंगाना, मन बहादुर राई, प्रदिपराज पाण्डे, नादर नेपाल, गणेश खतिवडा, अजय राजवंशी, टिकाराम पुरी, सचित आनन्द सुब्बा र सुमेश कुमार हलुवाई रहेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) बाट सदस्यता लिएका ३९ जिल्ला छन् । जसमध्य ३८ जिल्लाको निर्वाचन सकिदा काठमाडौं जिल्लाको भने बाँकी रहेको छ । जिल्लाको निर्वाचन सकियसँगै प्रदेशको निर्वाचन अघि बढेको छ । गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको चुनाव सम्पन्न भई सकेको छ । अन्य प्रदेश पनि चुनाव गर्ने तयारीमा रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) २०७३ वैशाख देखी आईसीसीको निलम्बनमा रहेको छ । उक्त निलम्बन फुकुवा गर्नको लागि आईसीसीको विधान अनुसार जिल्ला,प्रदेश हुँदै क्यानको निर्वाचन गर्नु पर्ने हुन्छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.