default_image

5 years ago

August 11, 2019

सोमपालको हक्स उपाधिको लागि नाइट्ससँग खेल्दै

एजेन्सी – नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा भान्कुभर नाइट्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राती ११ : ४५ पछि सुरु हुनेछ । शनिबार राती भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै हक्स फाइनलमा पुगेको हो । भान्कुभर नाइट्सले पहिलो क्वालिफायरमा […]

29 views

0 Bookmark

एजेन्सी – नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले ग्लोबल टि२० क्यानडाको फाइनलमा भान्कुभर नाइट्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राती ११ : ४५ पछि सुरु हुनेछ ।

शनिबार राती भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै हक्स फाइनलमा पुगेको हो । भान्कुभर नाइट्सले पहिलो क्वालिफायरमा शुक्रबार ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतीको आधारमा ७७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

समुह चरणको खेलमा हक्सले नाइट्सलाई ७ विकेटले पराजित गरेको थियो । ७ विकेटको जित निकाल्ने क्रममा २ सय ९ रनको लक्ष्य हक्सले ३ विकेटको क्षतिमा २८ बल अगाडीनै पुरा गरेको थियो । दोस्रो राउन्डको खेलमा भने वर्षाको कारण रद्ध भएको थियो ।

नाइट्सका लागि ओपनर क्रिस गेल आजको खेलमा उपलब्ध हुने छैनन् । गेल नहुँदा नाइट्सलाई ठूलो घाटा लाग्न सक्छ । गेल त्यस्ता ओपनर हुन् जसले आफ्नो उत्कृष्ट विश्फोटक प्रर्दशनमा टोलीको सहज जित पक्का गर्न सक्ने क्षमता राख्छन् । वेस्ट इन्डिजले भारतसँग आज दोस्रो वान डे खेल खेल्ने हुँदा गेल उपलब्ध हुन नसक्ने भएका हुन् । आन्द्रे रसेल र रस्सि भान डर डुसेन उसका मुख्य खेलाडी हुन् । हक्सका लागि जेपी ड्युमिनी,क्रिस लिन,रायद इम्रिट र ड्वेन ब्राभो प्रमुख हतियार हुन् ।

सोमपाल पहिलो रोजाइमा पर्ने संभावना आजको खेलमा पनि देखिँदैन । डाफ्टमा ३ हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हक्सले सोमपाललाई एक खेलमा मौका दिएको थियो । डेब्यू खेलमै एडमन्टन रोयल्ससँग खराब प्रर्दशन गरेपछि हक्सले अन्य खेलमा सोमपाललाई पुन मौका दिएको छैन । यद्यपी सनिवार राति दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्ससँग सोमपालले वैकल्पिक फिल्डरका रुपमा १९ औं ओभरको पाँचौ बलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीको क्याच लिएका थिए ।

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.