default_image

6 years ago

August 13, 2019

अन्तत: सन्दीपले पाए अमेरिकाको भिसा

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गर्न अमेरिकी भिसा नपाएका क्रिकेटर सन्दीप लामिछानेले अन्तत: भिसा प्राप्त गरेका छन् ।

मंगलबार विहान सन्दीपले नेपालस्थित अमेरिकी दुतावासमा दिएको भिसा अन्तर्वार्तामा उनलाई भिसा नदिने निर्णय गरेको थियो । सन्दीपले आफ्नो ट्वीटरमा यस अवस्थाबारे लेखेपछि चौतर्फी चर्चा भएको थियो ।

मंगलबार दिउँसो नै दुतावासले उनलाई पुन: बोलाएर भिसा दिएको छ । सन्दीपले ट्वीटमार्फत नै भिसा प्राप्त गरेको र सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.