6 years ago
August 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा अमित वीर पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
संघको मंगलबार भएको चुनावी साधरणसभाले अध्यक्षसहित सबै १४ सदस्यीय समितिलाई निर्विरोध चयन गरेको हो ।

उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल र कोषाध्यक्षमा युग बस्नेत निर्विरोध भए । सदस्यमा हिमाल गिरी, मनिष ढुंगेल, अजय वीर पाण्डे, रमन श्रेष्ठ, सामसन जंग थापा, प्रफुल वैद्य, रितेभ डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ र विजित ध्वज चन्द निर्विरोध निर्वाचित भए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]