6 years ago
August 15, 2019
एजेन्सी – वेस्टइन्डिजसँगको तीन वान डे सिरिज पाहुना टोली भारतले २-० ले जितेको छ । बिहीबार विहान डकवर्थ लेविस पद्धतीको आधारमा तेस्रो वान डे खेलमा ६ विकेटले पराजित गर्दै भारतले सिरिज क्लिनस्वीप गरेको हो ।

वर्षाको कारण लामो समय खेल अवरुद्ध हुँदा भारतले ३५ ओभरमा जितको लागि २ सय ५५ रनको लक्ष्य पाएको थियो । भारतले ३२.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भारतको जितमा कप्तान विराट कोहलीले ९९ बलमा १४ चौका सहित १ सय १४ रनमा अविजित रहँदै जित पक्का गरे । उनको यो अोडीआई करिअरको ४३ अौं शतक हो ।
केदार जाधवले १२ बलमा १ चौका र छक्का सहित १९ रनमा अविजित रहे । युवा खेलाडी श्रेयस ऐरले ४१ बलमा ५ छक्का र ३ चौका सहित ६५ रनको महत्वपूर्ण योगदान दिए । ओपनर रोहित शर्मा १०,शिखर धवन ३६ र ऋषभ पन्त डक आउट भए । वेस्ट इन्डिजका लागि एबियन एलिन २ र केमर रोचले १ विकेट लिए ।
त्यसअघि टस जितेर वेस्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४० रन बनाएको थियो । २२ ओभरमा १ सय ५८ रन बनाउन २ विकेट गुमाएको अवस्थामा वर्षा सुरु भएपछि लामो समय नरोकिँदा खेल ३५ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजका लागि ओपनर क्रिस गेलले ४१ बलमा ८ चौका र ५ छक्का सहित ७२ रनको विश्फोटक इनिङ खेल्दै राम्रो सुरुवात दिलाएका थिए ।

इभिन लुईस २९ बलमा ५ चौका र ३ छक्का सहित ४३ रन जोडे । गेल र लुईसले सुरुवाती पहिलो विकेटका लागि १०.५ ओभरमा १ सय १५ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । विकेटकीपर शाई होप २४, शिमरोन हिटमायर २५, निकोलस पुरन ३०, जोसन होल्डर १४, कार्लोस वर्थवेट १६ रनमा आउट भए । भारतका लागि मोहम्मद खलील अहमद ३, मोहम्मद शामी २, युजभेन्द्र चाहल र रविन्द्र जडेजाले समान १-१ विकेट लिए ।
पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो भने दोस्रो खेलमा डकवर्थ लेविस पद्दतीको आधारमा ५८ रनले विजयी भएको थियो । वेस्ट इन्डिज र भारतबीच थप दुई टेष्ट खेल हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]