default_image

6 years ago

August 25, 2019

स्टोक्सको शतकसँगै इंग्ल्यान्ड १ विकेटले विजयी

108 views

0 Bookmark

एजेन्सी – बेन स्टोक्सको उत्कृष्ट शतकसँगै इंग्ल्यान्डले अष्ट्रेलियालाई १ विकेटले पराजित गर्दै एसेज सिरिज १-१ को बराबरीमा ल्याएको छ ।

लिड्समा जारी टेस्टको चौथो दिन ३ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । स्टोक्सले नटआउट १ सय ३५ रनको उत्कृष्ट इनिङ खेल्दै इंग्ल्यान्डलाई जितसम्म डोर्याए । उनले २ सय १९ बलको सामना गर्दै ११ चौका र ८ चक्का प्रहार गरे । अन्तिम विकेटका लागि ७६ रनको साझेदारी हुँदा ज्याक लिचले नटआउट १ रनको योगदान दिएका थिए ।

इंग्ल्यान्डले १५६-३ को स्थितिमा चौथो दिनको खेल सुरु गरेपनि सुरुवाती समयमा नै कप्तान जो रुट ७७ रनमा पेभेलियन फर्किएका थिए । त्यसपछि जोनी बेयरस्टो र स्टोक्सले ८६ रनको साझेदारी गरे । बेयरस्टो ३६ रनमा हेजलवुडको बलमा क्याचआउट भए ।

लगत्तै जोस बटलर ट्राभिस हेडको थ्रोमा रनआउट हुनु र क्रिस वोक्स १ रनमा क्याच आऔत भए । जोफ्रा आर्चरले १५ रन जोड्दै स्टोक्सलाई साथ दिएपनि लामो सट खेल्ने धुनमा उनी क्याचआउट भए । लगत्तै स्टुआर्ट ब्रोड प्याटीन्सनको बलमा एलबीडब्लु धरापमा परे । अष्ट्रेलियाका लागि पहिलो इनिङमा ५ विकेट लिएका हेजलवुडले दोस्रो इनिङमा ४ विकेट लिए ।

अष्ट्रेलियाले पहिलो इनिङमा १ सय ७९ र दोस्रोमा २ सय ४६ रन जोडेको थियो । पहिलो इनिङमा ६७ रनमा अलआउट भएपनि इंग्ल्यान्डका लागि स्टोक्सको उत्कृष्ट ब्याटिङ निर्णायक सावित भयो । अब सिरिजमा दुई टेस्ट बाँकी रहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.