6 years ago
August 28, 2019
एजेन्सी – आगमी सेप्टेम्बर ५ देखी १४ सम्म चल्ने एसीसी यू१९ एसिया कपको लागि घरेलु टोली श्रीलंकाले १५ सदस्य टोली घोषणा गरेको छ ।

विश्वकपको अनुभव रहेको अलराउन्डर निपुन धनञ्जयलाई कप्तानीको जिम्मेवारी दिदै घोषणा गरेको हो । निपुन धनञ्जय सन् २०१८ को यू१९ विश्वकपमा श्रीलंकाको टोलीमा थिए । निपुनकै कप्तानीमा गत वर्ष श्रीलंका एसिया कपको फाइनलमा पुगेको थियो । त्यस्तै प्रथम श्रेणी खेली सकेका कामिल मिश्रा र रोहन सञ्जय पनि टोलीमा छन् ।
श्रीलंका साविक उप विजेता
गत वर्ष वंगलादेशमा भएको यू१९ एसिया कपमा श्रीलंका फाइनलमा भारतसँग १ सय ४४ रनले पराजित हुँदै उपाधि जित्न चुकेको थियो । श्रीलंका यस पटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको छ । गत वर्षको एसिया कपमा बंगलादेशलाई ६ विकेट,पाकिस्तानलाई २३ रन र हङकङलाई १० विकेटले पराजित गर्दै समुह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा अफगानिस्तानलाई ३१ रनले हराएको थियो ।
पहिलो खेल नेपालसँग
घरेलु टोली श्रीलंका नेपाल रहेको समुह बी मा छ । श्रीलंकाले सेप्टेम्बर ६ मा नेपालसँग खेल्दै एसिया कपको सुरुवात गर्ने छ । त्यस्तै सेप्टेम्बर ८ मा यूएई र सेप्टेम्बर १० मा बंगालदेशसँग खेल्ने छ । समुह बी बाट शीर्ष दुईमा रहन सके सेप्टेम्बर १२ मा सेमिफाइनल खेल्न पाउने छ । फाइनल सेप्टेम्बर १४ मा हुने छ ।
एसिया कप खेल्ने श्रीलंकाको १५ सदस्य टोली :
निपुन धनञ्जय (कप्तान), कामिल मिश्रा (उप कप्तान तथा विकेटकीपर), नभोद परानविधान, भविसा अभिषेक, रभिन्दु रासनाथा डी शिल्भा, अहान विक्रमसिंघे, अभिषेक थरिन्दु, रोहन सञ्जय, आशन ड्यानियल, सान्दुन मेन्डिस, कभिन्दु नादेशान, यासिरु रोड्रिगो, दिलसान मदुशन्का चामिन्दु विज्सिंघे र अश्मी डी शिल्भा ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]