6 years ago
August 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको लागि नेपाली यू१९ टोली आयोजक राष्ट्र श्रीलंकामा अभ्यासमा व्यस्त छ ।

सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने प्रतियोगिताका लागि चाडैं प्रस्थान गरेको नेपाल पहिलो अभ्यास खेलमा मंगलबार एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको थियो । नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेल भोली श्रीलंकाको स्थानिय क्लव बादुरेलिया (सीसी) सँग खेल्ने छ । थप एक अभ्यास खेलपछि नेपालको एसिया कपको तयारी पुरा हुने छ ।
नेपाल रहेको समुह बी मा दुई टेष्ट राष्ट्र श्रीलंका, बंगलादेश र युएई छन् । समुह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समुह बी मा शीर्ष दुईमा रहन सके सेमिफाइनलमा प्रवेश गर्नेछ ।

एसिया कपको लागि नेपालको टोली :
१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सागर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]