default_image

6 years ago

August 29, 2019

किशोर र अमितले नेपालको प्रतिनिधित्व गर्ने

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई क्रिकेटर अमित श्रेष्ठ र किशोर महतो क्रिकेट खेल्नका लागि आज राती सिंगापुरमा जाने भएका छन् । अमित र किशोरले नेपाल,मलेसिया र सिंगापुरको मिश्रित टोलीबाट सिंगापुरको सिनियर टोलीविरुद्ध खेल्ने बताईएको छ ।

किशोर तिब्र गतिका बलर हुन् । अमित ओपनर ब्याट्सम्यान हुन् । यी दुवैले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनीहरु सेप्टेम्बर ९ मा स्वदेश फर्कने बताइएको छ ।

सिंगापुरबाट फर्केपछि उनी चार महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रशिक्षणमा सामेल हुनेछन् । आजै मात्र सागका लागि ३५ सदस्यीय टोलीको घोषणा हुँदा दुवै समेटिएका छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.