6 years ago
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतम र विकेटकीपर हरि बहादुर चौहानको अर्ध शतकमा नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया सीसीलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ६५ रनको लक्ष्य दिएको छ ।

बादुरेलियाले ३१ ओभरमा उक्त लक्ष्य पुरा गर्नुपर्ने छ । सरे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४६.४ ओभरमा अल आउट हुँदै २ सय ६ रनमा समेटियो । नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ७६ रनको योगदान दिए ।
त्यस्तै विकेटकीपर हरि बहादुर चौहान ५६ रनमा बोल्ड आउट भए । एक समय २०.३ ओभरमा ८५–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रित र हरिले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै सम्मानजक योगफलसम्म पुयाए ।
नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर पवन सरार्फलाई शून्यमा गुमाएको थियो । खड्क बोहरा २, कप्तान रोहित कुमार पौडेल ३,आशिफ शेख १४ र सन्दीप जोरा २४ रनमा आउट भए । कुशल मल्ल डक आउट भए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]