6 years ago
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले ५ विकेट लिएसँगै नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया सीसीलाई डकवर्थ लेविस पद्दतिको आधारमा ८० रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको बादुरेलिया २३.१ ओभरमा अल आउट हुँदै ८४ रनमा समेटियो । उसका लागि अरिश्काले २१ रनको योगदान दिए । नेपालको जितमा स्पिनर सागर ढकालले ५.१ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कमल सिंह ऐरी र पवन सरार्फले समान २ विकेट हात पारे । कुशल मल्लको नाममा १ विकेट रह्यो ।
त्यसअघि सरे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४६.४ ओभरमा अल आउट हुँदै २ सय ६ रनमा समेटियो । वर्षाको कारण खेल प्रभावित हुँदा बादुरेरियाले ३१ ओभरमा १ सय ६५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ७६ रनको योगदान दिए ।
त्यस्तै विकेटकीपर हरि बहादुर चौहान ५६ रनमा बोल्ड आउट भए । एक समय २०।३ ओभरमा ८५–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रित र हरिले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै सम्मानजक योगफलसम्म पुयाए ।
नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर पवन सरार्फलाई शून्यमा गुमाएको थियो । खड्क बोहरा २, कप्तान रोहित कुमार पौडेल ३,आशिफ शेख १४ र सन्दीप जोरा २४ रनमा आउट भए । कुशल मल्ल डक आउट भए ।
नेपालले थप एक अभ्यास खेल खेल्ने छ । नेपाल पहिलो अभ्यास खेलमा एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको थियो । यू१९ एसिया कप अघि नेपालले तयारी स्वरुप अभयास खेल खेलेको हो ।
सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने एसीसी यू१९ एसिया कपमा नेपाल रहेको समुह बी मा दुई टेष्ट राष्ट्र श्रीलंका, बंगलादेश र युएई छन् । समुह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समुह बी मा शीर्ष दुईमा रहन सके सेमिफाइनलमा प्रवेश गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]