6 years ago
August 29, 2019
एजेन्सी – भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी अट्न सकेनन् ।

भारतले एक महिना अघि वेस्ट इन्डिजसँगको समान तिन टि२० र वान डे सिरिजमा पनि धोनीलाई टोली बाहिर राखेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमार पनि टोलीमा छैनन् । अलराउन्डर हार्दिक पान्ड्याले टोलीमा पुनरागमन गरेका छन् । भारतले दक्षिण अफ्रिकासँग पहिलो टि२० सेप्टेम्बर १५ धर्मशालामा खेल्ने छ ।
सेप्टेम्बर १८ मा मोहाली र सेप्टेम्बर २२ मा बंग्लोरमा खेल्ने छ । भारतसँगको टि२० सिरिजको लागि दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा यस अघिनै आफ्नो टोली घोषणा गरि सकेको छ ।
दक्षिण अफ्रिकासँग खेल्ने भारतको टि२० टोली :
विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस ऐर, मनिष पान्डे, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा,क्रुनाल पान्ड्या, वासिंगटन सुन्दर, राहुल चाहर, खलील अहमद, दिपक चाहर र नवदीप सैनी
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]