default_image

6 years ago

August 30, 2019

तेस्रो अभ्यास खेल खेल्दै नेपाल

121 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीले तेस्रो अभ्यास खेलमा आज श्रीलंकाको चिलाव मारियन्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार १० : १५ पछि सुरु हुने छ ।

नेपाल पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच छुट्दा एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने बादुरेलिया सीसीलाई ८० रनले पराजित गरेको थियो । बादुरेलियामाथि सहज जित निकाल्न ओपनर रित गौतम, विकेटकिपर हरि बहादुर चौहान र स्पिनर सागर ढकालले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने एसीसी यू१९ एसिया कपमा नेपाल रहेको समुह बी मा दुई टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् । समुह ए मा भारत, पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समुह बी मा शीर्ष दुईमा रहन सके सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल भाद्र ७ मा श्रीलंका लागेको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.