default_image

6 years ago

August 30, 2019

टीपीएलको अक्सनमा २ सय ३९ खेलाडी

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टीपीएल) को शनिबार हुने अक्सनमा कुल २ सय ३९ खेलाडी रहेका छन् ।

२ सय ३९ खेलाडीबाट १० टिमले अनुबन्ध गर्ने छन् । अक्सनमा टिमका मार्की खेलाडीले २० हजार पाउनेछन् । मार्की बाहेक अन्य सबै खेलाडीको न्युनतम मुल्य ५ हजार र उच्चतम १५ हजार सम्म बोली लगाउन पाइने छ ।

प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्नेछ । उपविजेताले २ लाखमा चित्त बुझाउनु पर्ने हुन्छ । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार पाउने छन् ।

त्यस्तै उदयमान खेलाडीले ५ हजार,प्रत्येक खेलमा अर्ध शतक प्रहार गर्ने ब्याट्सम्यानले १ हजार पाउने छ । टिम फेयर प्ले अवार्ड ४० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याच चुनिने खेलाडीले १५ सय प्राप्त गर्नेछन्।

प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक तिलोत्तमा क्रिकेट बिकास समितिले जनाएको छ । सबै खेल तिलोत्तमा(६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा हुनेछन् ।

टीपीएल ३ को नयाँ प्रावधान अनुसार हरेक टिममा १ जना मार्की,१ जना प्रदेस ५ को राष्ट्रिय र १ जना राष्ट्रिय खेलाडी आवद्द गर्न पाउने छ ।

कुन टिममा मार्की, प्रदेस ५ र राष्ट्रिय खेलाडी को को ?

रोयल शंकरनगर टिमको मार्की सौरभ खनाल, प्रदेश ५ राष्ट्रिय खेलाडीको रुपमा रोहित कुमार पौडेल र राष्ट्रिय खेलाडीको रुपमा तिब्र गतिका बलर सोमपाल कामी रहेका छन् ।

सियारी राइनोजले मार्की खेलाडीको रुपमा सुनिल कुमारी सार्की, प्रदेश ५ राष्ट्रिय खेलाडीको रुपमा लाल बहादुर अधिकारी र राष्ट्रिय खेलाडीको रुपमा बिनोद भन्डारीलाई अनुबन्ध गरेको छ ।

रुपन्देही पल्टनको मार्की खेलाडी कुशल भुर्तेल, प्रदेश ५ राष्ट्रियखेलाडीको रुपमा बिक्रम भुसाल र राष्ट्रिय खेलाडीको रुपमा दिपेन्द्रसिंह ऐरि रहेका छन् ।

बुटवल युनाइटेड क्रिकेट क्लव का मार्की खेलाडी कुशल मल्ल रहँदा,प्रदेश ५ राष्ट्रिय खेलाडीको रुपमा सुसन भारी र राष्ट्रिय खेलाडीको रुपमा भिम सार्की रहेका छन् ।

सुपर ११ भैरहवाको मार्की खेलाडी इक्लाह अहम्मद,प्रदेश ५ राष्ट्रिय खेलाडीको रुपमा अन्तिम थापा मगर र राष्ट्रिय खेलाडीको रुपमा साहब आलम रहेका छन् ।

रेन्बो ज्ञानोदय गोल्ड्सकोलागि मार्की खेलाडी जितेन्द्र सहानी रहँदा प्रदेश ५ राष्ट्रिय खेलाडीको रुपमा शंकर राना र राष्ट्रिय खेलाडीको रुपमा सुनिल धमला छन् ।

पाल्पाली लिजेन्डले मार्की खेलाडीको रुपमा सुरेश गोदार र प्रदेश ५ राष्ट्रिय खेलाडीको रुपमा सुबेन्दु पान्डे हुन् ।

मणिग्राम किंग्सले कृष्ण भुसाललाई मार्की खेलाडीको रुपमा राख्दा प्रदेश ५ राष्ट्रिय खेलाडीको तर्फबाट कृष्ण कार्की र राष्ट्रिय खेलाडीको रुपमा अमर सिंह राउटेलालाई राखेको छ ।

तिनाउ टाइटन्स र लुम्बिनी कासाइ ग्लाडिएटर्स आफ्नो मार्की,प्रदेश पाँच राष्ट्रिय र राष्ट्रिय खेलाडी सार्वजनिक गरेका छैनन् ।

टीपीएल असोज २५ देखी सुरु हुने छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.