6 years ago
August 30, 2019
एजेन्सी – तेस्रो अभ्यास खेलमा श्रीलंकाको चिलाव मारियन्सले नेपाली यू१९ टोलीलाई २ सय २५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनायो ।

राम्रो सुरुवात गरेको मारियन्सले १२.३ ओभरमा ओपनर दुसानलाई २६ रनमा गुमाएको थियो । दुसानलाई सुर्य तामाङले पेभिलिएन फर्काउँदै नेपाललाई पहिलो सफलता दिलाए । नेपाललाई दोस्रो सफलता सागर ढकालले दिलाए । ३९.२ ओभरमा नेपाललाई पवन सरार्फले सफलता दिलाएका थिए ।
नेपालका लागि सिनियर टोलीबाट खेली सकेका अलराउन्डर पवन सरार्फले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुर्य तामाङले २,सागर ढकाल,कमलसिंह ऐरी,राशिद खानको नाममा समान १ विकेट रह्यो ।
नेपाल पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच छुट्दा एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने बादुरेलिया सीसीलाई ८० रनले पराजित गरेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]