default_image

6 years ago

August 30, 2019

पूर्व क्रिकेटर शक्तिको जोडीलाई पुत्र लाभ

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व स्पिनर शक्ति गौचन र कविता गौचनको जोडीलाई पुत्र लाभ भएको छ । लुम्बिनी अन्चल अस्पताल बुटवलमा कविताले दिउँसो १ः०० बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी शक्तिले हाम्रो खेलकुदलाई जानकारी दिए ।

आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको शक्तिले बताए । शक्तिको जोडीको उनी तेस्रो सन्तान हुन् । १५ वर्षअघि विवाह गरेका उनीहरुको दुई छोरी १२ वर्षे सदिक्षा र ७ वर्षे कस्तुर छन् । भैरहवामा स्टार क्रिकेट एकेडेमी सञ्चालन गरेका शक्तिको पर्सरीमा शक्ति स्पोर्टस् नाम खेल सामग्री पाइने पसल पनि छ ।

झन्डै २ दशक लामो क्रिकेट जीवनबाट उनले गत वर्ष विट पारेका थिए । मंसिरमा एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइसर्गविरुद्ध पोखरा राइनोजबाट खेल्दै नेपाली यू १९ का पूर्व कप्तान घरेलु खेल जीवनबाट विश्राम लिएका थिए ।

त्यसअघि उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसिय खेलेसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । सन् १९९९ देखि उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । २०१४ को टि ट्वान्टी २० कपमा छनोट गराउन देखि नेपाललाई एक दिवसिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.