6 years ago
September 8, 2019
एजेन्सी – नेपाल एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट एक खेल अगावै समुह चरणबाटै बाहिरिएको छ । आईतबार घरेलु टोली श्रीलंकाले यूएईलाई ५२ रनले पराजित गरेसँगै नेपाल औपचारिक रुपमा बाहिरिएको हो ।

समुह बी बाट दुबै खेल जितेका बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगेका छन् । लगातार दुबै खेलमा पराजित भएका नेपाल र यूएई बाहिरिएका छन् । त्यस्तै समुह ए बाट भारत र अफगानिस्तान लगातार दुबै खेलमा जित निकाल्दै शनिबार नै सेमिफानइनलमा पुगि सकेका छन् । दुबै खेल हारेका पाकिस्तान र कुवेत बाहिरि सकेका छन् ।
सोमबार भारत र अफगानिस्तान खेल्ने छन् । जसबाट समुह ए को विजेता र उप विजेताको टुङ्गो लाग्ने छ । त्यस्तै मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ । जसबाट पनि समुह बी को विजेता र उप विजेताको टुङ्गो लाग्ने छ । सेमिफाइनल बिहीबार हुने छ । समुह ए को विजेताले समुह बी को उप विजेतासँग पहिलो सेमिफाइनल खेल्ने छ । दोस्रो सेमिफाइनलमा समुह ए को उपविजेताले समुह बीको विजेतासँग खेल्ने छ । फाइनल सनिवार हुने छ ।

आज पहिलो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित हुँदा अर्को खेलमा श्रीलंकाले यूएईलाई ५२ रनले पराजित गर्यो । श्रीलंकाले प्रस्तुत गरेको ३ सय २७ रनको लक्ष्य यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ मात्र बनाउन सक्यो । नेपालले अन्तिम खेल यूएईसँग मंगलबार खेल्ने छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित हुँदा यूएई बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]