default_image

6 years ago

September 8, 2019

सीपीएलमा सन्दीपको बार्बाडसले पहिलो खेल खेल्दै

146 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडस ट्राईडेन्टसले क्वारेवियन प्रिमिपर लिग २०१९ को पहिलो खेल गुयाना एमाजन वारियर्ससँग खेल्दै छ । खेल आज राती २ : ४५ पछि सुरु हुने छ ।

गुयानाले सुरुवाती दुबै खेल जितेको छ । गुयानामा पाकिस्तानका लेग स्पिनर सादव खान, सोएब मालिक,वेस्ट इन्डिजका विकेटकीपर निकोलस पुरन, किमो पल, शिम्ररोन हिटमायर, क्रिस ग्रिन जस्ता खेलाडी छन् । सन्दीप सम्मिलित वारियर्समा इंग्ल्यान्डका ओपनर एलेक्स हक्स, पाकिस्तानका अलराउन्डर आशिफ अली, दक्षिण अफ्रिका जेपी ड्युमिनि, वेस्ट इन्डिजका कप्तान जोसन होल्डर, विकेटकीपर शाई होप लगायतका ठूला नाम गरेका खेलाडी छन् ।

बार्बाडसले सन्दीपलाई तीन महिना अघि ड्राफ्टमा ७० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको थियो । सन्दीपले पछिल्लो समय आशा गरेभन्दा केहि निराशजनक प्रर्दशन गरिरहेका छन् । सन्दीप गत वर्ष सीपीएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । जसमा ५ खेलमा ७ विकेट लिदै उदयमान खेलाडी घोषित भएका थिए । सन्दीप सीपीएल खेल्न गत मंगलबार वेस्ट इन्डिज लागेका थिए ।

सन्दीपले विगत केहि दिन ट्राइडेन्टससँग रहेर विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन् । टोलीको समीकरण हेर्दा सन्दीपको पहिलो रोजाइमा पर्ने सम्भावना बलियो छ । सन्दीपलाई ड्राफ्टमा पाँचौ चरणमा नै रोज्नुले पनि उनको महत्त्व रहनेछ ।

 

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.