6 years ago
September 9, 2019
एजेन्सी – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा भारतले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सघंर्षपूर्ण जित निकाल्दै समुह विजेता बनेको छ ।

सोमबार भएको खेलमा भारतले अफगानिस्तानलाई ३ विकेटले हराउँदै समुह ए को विजेताको रुपमा सेमिफाइनमा पुगेको हो । समुह बी को खेलमा मंगलबार श्रीलंका र बंगलादेश भिड्ने छन् । जसको विजेताले अफगानिस्तान र उप विजेताले भारतसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।
अफगानिस्तानले प्रस्तुत गरेको १ सय २५ रनको सामान्य लक्ष्य भारतले ३८.४ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । भारतका लागि शालिल अरोरा र शशावत रावतले समान २९ रन जोडे । अर्जुन अजाद २१ रनमा आउट हुँदा कर्ण लाल १३ र पुर्णांक त्यागी ११ रनमा अविजित रहे । अफगानिस्तानका लागि नुर अहमदले १० ओभरमा ३० रन खर्चेर ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ४०.१ ओभरमा अल आउट हुँदै १ सय २४ रनमा समेटियो । उसका लागि ओपनर फराहन जाखिलले २९ र सेदिकुल्ला अटलले २५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । अफगानिस्तानलाई सस्तैमा रोक्न भारतका सुसान्त कुमार मिश्राले ९.१ ओभरमा २ मेडन सहित २० रन खर्चेर ५ विकेट लिए । त्यस्तै अर्थभ अन्कोलेकरले ४ विकेट लिए ।
समुह बी मा रहेको नेपाल भने एक खेल अगाबै बाहिरिएको छ । पहिलो खेलमा श्रीलंकासँग ५ विकेट र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । नेपालले अन्तिम खेल मंगलबार यूएईसँग खेल्ने छ । जुन खेल नेपालको लागि प्रतिष्ठाको लडाईमात्रै हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]