default_image

6 years ago

September 10, 2019

यू१९ एसिया कप : नेपाललाई बदला लिने अवसर!

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल यूएईसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ९:४५ पछि सुरु हुने छ ।

नेपालर युएई लगातार दुबै खेलमा पराजित हुँदै समुह बी बाट बाहिरिसकेका छन् । त्यसैले दुबै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाईमात्र हुने छ । नेपाल श्रीलंकासँग ५ र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । यूएई श्रीलंकासँग ५२ रन र बंगलादेशसँग ६ विकेटले पराजित भयो ।

वैशाखमा सम्पन्न यू१९ विश्वकप छनोटमा नेपाल यूएईसँग डक वर्थ लेविस पद्धतीका आधारमा १ रनले पराजित हुँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाएन । जुन पिडाको बदला नेपालले यूएईसँग लिन चाहान्छ ।

नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन हुन सक्ने संभावना रहन्छ । नेपाल समुह चरणबाट बाहिरि सकेको हुँदा सुरुवाती दुबै खेलमा बेन्चमा बसेका प्रतिस जिसी,खडक बोहरा र लोकेश बमलाई प्रशिक्षक विनोद दासले मौका दिन सक्छन् । भिम सार्की,आशिफ शेख र हरि बहादुर चौहानलाई विश्राम दिन सक्ने संभावना छ ।

बंगलादेशविरुद्ध ८१ रन प्रहार गरेका पवन सरार्फ र आक्रमक ५६ रन जोडेका सन्दीप जोरा आजको खेलमा नायक बन्न सक्छन् । राम्रो लयमा रहेका ओपनर रित गौतम र कुशल मल्लबाट पनि उत्कृष्ट प्रर्दशनको अपेक्षा गरिएको छ ।

कप्तान रोहित कुमार पौडेल र आशिफ शेखको खराब प्रर्दशन नेपाललाई चिन्ताको विषय हो । नेपालले दुबै खेलमा बलिङमा कमजोर प्रर्दशन गरेको छ । स्पिनर सागर ढकालले अपेक्षाकृत प्रर्दशन गर्न सकेनन् । श्रीलंकासँग १ विकेट लिएका उनी बंगलादेशविरुद्ध विकेटविहीन बने । राशिद खान र कमल सिंह ऐरीले पनि आशा गरे अनुसार विकेट लिन सकेका छैनन् । जुन नेपाललाई चिन्ताको विषय हो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.