6 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध अर्ध शतक पुरा गरेका छन् । रोहितले ६४ बलमा अर्ध शतक पुरा गरेका हुन् । टस हारेर ब्याटिङ थालेको नेपालले २९ ओभर सम्म १ सय ५२ रन जोड्न ३ विकेट गुमाएको छ ।
नेपालका लागि रोहित ७२ बलमा ९ चौका र १ छक्का सहित ६३ रनमा खेली रहेका छन् । रोहितलाई सन्दीप जोराले ३७ बलमा ५ चौका सहित ३६ रनमा साथ दिई रहेका छन् । नेपालले ओपनर रित गौतम र पवन सरार्फ दुवैलाई शून्यमा गुमाउँदै खराब सुरुवात गरेको थियो ।
तर तेस्रो विकेटका लागि रोहितले विकेटकीपर मोहम्मद आशिफ शेखसँग ७१ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाल समालिएको हो । १९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि आशिफले ५३ बलमा ८ चौका सहित ४५ रनमा क्याच आउट भए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]