default_image

6 years ago

September 10, 2019

नेपालद्धारा यूएईलाई विशाल लक्ष्य प्रस्तुत

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको अर्धशतक र अन्य ब्याट्सम्यानको उत्कृष्ट प्रर्दशनमा नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा यूएईलाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ३३ ओभरको चौथो बलमा सञ्चित शर्माले साइद हैदरबाट क्याच गराउनु अघि रोहितले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

नेपाललाई विशाल योगफल सम्म पुर्याउन तल्लोक्रममा राशिद खान र कमलसिंह ऐरीले आक्रमक उत्कृष्ट प्रर्दशन गरे । उत्कृष्ट ब्याटिङ गरेका राशिद खान ४४ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा क्याच आउट भए । कमलसिंह ऐरी अन्तिम ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि २६ बलमा ५ चौका र २ छक्का सहित ४१ रनको योगदान दिए । राशिद र कमलले आठौं विकेटका लागि मात्र ८.१ ओभरमा आक्रमक ७० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपालले ओपनर रित गौतम र पवन सरार्फ दुबैलाई शून्यमा गुमाएको थियो । खराब सुरुवात गरेको नेपाललाई तेस्रो विकेटका लागि रोहितले विकेटकीपर मोहम्मद आशिफ शेखसँग ७१ रनको महत्वपूर्ण साझेदारी  गर्दै समालेका । १९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि आशिफले ५३ बलमा ८ चौका सहित ४५ रन जोडे ।

रितलाई पहिलो बलमै मोहम्मद आकाश ताहिरले क्याच आउट गराएका थिए । चौथो ओभरको पाँचौ बलमा पवन सरार्फलाई शर्माले शून्यमा बोल्ड आउट गरे । ३४ ओभरको पहिलो बलमा भिम सार्की १ रनमा एलबी डब्लू आउट हुन पुगे । सन्दीप जोरा ४८ रनमा क्याच आउट भए । सन्दीपले ५३ बलमा ६ चौका प्रहार गरे । सन्दीपले चौथो विकेटका लागि रोहितसँग ८५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । त्यस्तै कुशल मल्लले २२ बलमा २ छक्का र १ चौका सहित २२ रन जोडे ।

यूएईका लागि सञ्चित शर्माले १० ओभरमा ३ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए । आकाश ताहिरले ९ ओभरमा ६२ रन खर्चेर ३ र कात्तिक पलानियाप्यनले २ विकेट लिए । ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.