default_image

6 years ago

September 10, 2019

यूएईमाथि नेपाली बलर पूर्णरुपमा हाबी

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा समुह बी को अन्तिम खेलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा जारी छ ।

नेपालले प्रस्तुत गरेको २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएईले कमजोर प्रर्दशन गरिरहेको छ । स्पिनर सागर ढकालले घातक बलिङ गर्दा नेपाल यूएईमाथि पूर्ण रुपमा हाबी बनि रहेको छ । यूएईले २५ ओभरमा १ सय रन जोड्न ५ विकेट गुमाएको छ । उसका लागि मोहम्मद फ्रर्जुदिन २ र ओसन हसन ९ रनमा क्रिजमा छन् ।

नेपालले नवौं ओभरको पाँचौ बलमा पहिलो सफलता हात पारेको थियो । कमल सिंह ऐरीले आशिफ शेखबाट निल रोहन लोबोलाई ५ रनमा क्याच आउट गराए । १३ ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गरे । सागरलनै १८ ओभरको चौथो बलमा अरबिन्द्र रुद्रबेललाई २८ रनमा बोल्ड आउट गरे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

सागरले नै २० औं ओभरको पाँचौ बलमा अनिसलाई १२ रनमा एलबी डब्लूको घरापमा पारेपछि नेपाल हाबी बनेको हो । पवन सरार्फले अल्सान शरफुललाई २१ रनमा क्याच आउट गराएका छन् । सागरले ५ ओभरमा २ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिई सकेका छन् । कमल सिंह ऐरी र पवन सरार्फको नाममा समान १ विकेट छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.