default_image

5 years ago

September 10, 2019

यूएईमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो विकेट गुमाएको थियो । कमलसिंह ऐरीले आशिफ शेखबाट निल रोहन लोबोलाई ५ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए । १३ ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गरे ।

सागरलनै १८ ओभरको चौथो बलमा अरबिन्द्र रुद्रबेललाई २८ रनमा बोल्ड आउट गरे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २० औं ओभरको पाँचौ बलमा अनिस १२ रनमा आउट भए । पवन सरार्फले अल्सान शरफुललाई २१ रनमा क्याच आउट गराए यूएईको विकेट पतन निरन्तर जारी रह्यो । नेपाली बलर सामु कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर खुलेर खेल्न सकेनन् ।

नेपालको फराकिलो जितमा सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै पवन सरार्फ,सुर्य तामाङ र राशिद खानको नाममा समान २ विकेट रह्यो । त्यस्तै कमलसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि यूएईले टस जितेर ब्याटिङको निम्तो दिएपछि नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ३३ ओभरको चौथो बलमा क्याच आउट हुनु अघि रोहितले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

तल्लोक्रममा राशिद खान र कमलसिंह ऐरीले उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई विशाल योगफल सम्म युर्याए। राशिद खान ४४ बलमा ५ चौका र १ छक्का सहित ४४ रनको महत्वपूर्ण योगदान दिए । अन्तिम ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि कमलसिंह ऐरी २६ बलमा ५ चौका र २ छक्का सहित ४१ रन जोडेका थिए ।

ओपनर रित गौतम र पवन सरार्फ दुबै शून्यमा आउट भए । १९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि विकेटकीपर आशिफ शेखले ५३ बलमा ८ चौका सहित ४५ रन जोडे ।भिम सार्की १ रनमा आउट भए। सन्दीप जोरा ५३ बलमा ६ चौका सहित ४८ र कुशल मल्ल २२ बलमा २ छक्का र १ चौकाको सहयोगमा २२ रनको योगदान दिएका थिए । यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिए । कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो । समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.