6 years ago
September 11, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्टसले दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटससँग खेल्दै छ । खेल भोली विहान ३:४५ मा हुनेछ ।

सन्दीपको टोली बार्बाडोस पहिलो खेलमा गुयना एमेजेन वारियससँग ४७ रनले पराजित भएको थियो । सेन्ट किट्स सन्दीपको पूर्व टोली हो । सन्दीपले गत वर्ष सेन्ट किट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएपछि उदीयमान खेलाडी घोषित भएका थिए ।
सेन्ट किट्सले जारी सीपीएलमा ३ खेलमा २ मा हार र १ मा जित निकालेको छ । सेन्ट किट्ले पहिलो जित निकाल्ने क्रममा जामिका तालवासाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य ७ बल अगाडी ६ विकेटको क्षतिमा पुरा गरेको थियो । सेन्ट किट्सको जितमा देभन थोमस ७१ र इभिन लुईस ५३ रन जोडेका थिए । यी दुबै खेलाडी बार्बाडोसलाई घातक बन्न सक्छन् । एभिन लुईस,फाबिएन एलिन,कार्लोस वर्थवेट,शोल्डेन कर्टेल र मोहम्मद हफिज उसका ठूला नाम गरेका खेलाडी हुन् ।
यता सन्दीपको टोलीले पहिलो खेलमा कमजोर ब्याटिङ गरेको थियो । गुयनाले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा अल आउट भएको थियो । बार्बाडोसमा एलेक्स हेलक्स हक्स, जेपी ड्युमिनी, जेसन होल्डर, एशले नर्श, आशिफ अली, शाई होप स्टार खेलाडी हुन् ।
सन्दीपको उच्च सम्भावना
सेन्ट किट्सविरुद्ध सन्दीप प्लेइङ ११ मा पर्ने उच्च सम्भावना छ । पहिलो खेलमा सन्दीपले गुयनाविरुद्द १ ओभरमा ५ रन मात्र खर्चिदा पनि कप्तान जोसन होल्डरले पुन मौका दिएका थिएनन् । जसको कारण होल्डरको कप्तानीलाई लिएर प्रश्न उठेको थियो । सन्दीप बाहेक अन्य सबै बलरले गुयनाविरुद्ध खराब प्रर्दशन गरेका थिए । त्यसैले सेन्ट किट्सविरुद्ध सन्दीपको उच्च सम्भावना देखिन्छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]