6 years ago
September 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अहिले कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा दैनिक अभ्यासमा जुटेको छ ।

प्रारम्भिक टोलीका ३४ खेलाडी एक महिनादेखि बन्द प्रशिक्षणमा छन् । अब दोस्रो चरणमा २५ खेलाडी एक दुई दिनमै छनोट गरिने छ । सागमा गोल्ड मेडल (स्वर्ण) जित्ने लक्ष्यका साथ टियु क्रिकेट मैदानमा जगत टमटाको प्रमुख प्रशिक्षकत्व प्रशिक्षण गरिरहेको छ । सन् २०१८ मा नेपालको पुरुष टोलीले पहिलो पटक ओडीआई मान्यता पाउदा उनी प्रमुख प्रशिक्षक थिए ।
कप्तान रुविना क्षेत्री पनि पहिलो पटक घरेलु समर्थकसामु खेल्न पाउँदा निकै उत्साहित छिन् । त्यतिकै दबाब हुनेपनि महसुस गरेकी छिन् । महिला टोलीले हालसम्म घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यसैले सागमा घरेलु समर्थकसामु खेल्ने मात्र रुबिनाको सपना छैन । महिला क्रिकेटको विकासमा फड्को मार्ने सुरुवात पनि सागबाट हुने अपेक्षा छ ।
‘हामीसँग क्षमता छ । त्यसलाई मैदानमा कसरी उतार्ने भन्नेमा प्रशिक्षकहरुले सल्लाह दिनुभएको छ । त्यहि अनुसार खेल्दै राम्रो प्रर्दशन गर्ने सोचमा छौं’,रुबिनाले भनिन्, ‘हामीलाई पनि एउटा इगो र देखाउन पर्ने धेरै कुरा छ । नेपालमा बसेर पनि महिला क्रिकेट टोली छ भन्ने धेरैलाई थाहा छैन । हामीले क्रिकेटमा कति मिहिनेत र पसिना बगाएका छौं,त्यो हामीलाई मात्र थाहा छ । जुन सागमा देखाउन चाहान्छौं ।’

सागमा राम्रो गर्न सके महिला क्रिकेटका लागि व्यवसायिक बाटोहरु पनि खुल्ने कप्तान रुविनाको बुझाई छ । रुविना नेपाली क्रिकेटमा प्रमुख प्रशिक्षकको रुपमा नेपाललाई पहिलो पटक वान डे मान्यता दिलाउने जगत टमटासँग प्रशिक्षण गर्न पाउनु भाग्यमानी रहेको बताउछिन् । ‘हामीले उत्कृष्ट कोच पाएका छौं । एउटा राम्रो कोचबाट खेलाडीले के लिन सकिन्छ भन्ने हुन्छ । जगत गुरु हामीलाई विश्वास गरेर आउनु भएको छ । जुन विश्वास हामीले मैदानमा देखाउने छौं,’ उनले भनिन् । टोलीमा पर्न युवा खेलाडीले कडा मिहेनत देखेर पनि रुविना त्यतिकै खुसी छिन् ।
‘समर्थकलाई के गरेर खुसि दिन सकिन्छ भन्ने सोचि रहेका छौं । विदेश र देशमा खेल्दा धेरै फरक पर्छ । एउटा बलले समर्थक हसाउने र रुवाउने अवस्था सम्म आउन सक्छ । हामीले राम्रो क्रिकेट खेलेर देखायौं भने युवा खेलाडी पनि खेलप्रति आकर्षित हुनेछन्,’ उनले भनिन् ।
रुविनाले पुरुष टोलीको समान सुविधा नपाउनुमा गुनासो गर्ने ठाउँ नरहेको बताइन । ‘हो, हामीलाई पुरुष टोलीको तुलनामा धेरै कुरामा सेवा सुविधाको कमी छ । पुरुष टोलीले पनि पहिला कडा मिहिनेत गरेर एक स्तरमा पुगेपछि मात्रै राम्रो सेवा सुविधा पाएका हुन् । त्यसैले पहिला हामीले देशलाई केहि दिनुपर्यो अनि देशले पनि केहि दिनेछ । अहिले सम्म हामीले देशलाई केहि दिन सकेका छैनौं । सागलाई बेस वनाएर अघि बढ्ने छौं’,उनले भनिन् ।
प्रारम्भिक छनोटमा रहेका खेलाडीहरु:
१. रुविना क्षेत्री (कप्तान), २. सिता रानामगर, ३. करुणा भण्डारी, ४. रोमा थापा, ५. काजल श्रेष्ठ, ६. सरिता मगर, ७. इन्दु वर्मा, ८. कविता कुँवर, ९. नेरी थापा, १०. अप्सरी बेगम, ११. अन्जली चन्द, १२. सोनु खड्का, १३. ममता चौधरी, १४. कविता जोशी, १५. विन्दु रावल, १६. ज्योति पाण्डे, १७. ऋतु कनौजिया, १८. आरती बिडारी, १९. सोमु विष्ट, २०. रेखा रावल, २१. डली भट्ट, २२. रेवती धामी, २३. सरस्वति चौधरी, २४. सरस्वति पुन मगर, २५. सुमन खतिवडा, २६. अश्मिना कर्माचार्य, २७. खुसी डंगोल, २८. रश्मी शर्मा, २९. सबनम राई, ३०. संगीता राई, ३१. ममता थापा, ३२. मंजु बोगटी, ३३. शोभा आले, ३४. लक्ष्मी चौधरी
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]