default_image

6 years ago

November 4, 2019

पारस र सन्दीपले इमर्जिङ कप नखेल्ने!

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) का सचिव अशोक नाथ प्याकुरेलले इमर्जिङ एसिया कप खेल्न नसक्ने भन्दै पारस र सन्दीपले दुई दिन अघि पत्र पठाइसकेको हाम्रो खेलकुदलाई जानकारी दिए । ‘यूएईमा हुने टि टेन लिग र इमर्जिङ कपको मिती जुधेको भन्दै खेल्न खेल्न नसक्ने बताएका हुन् । दुई दिन अघि पत्र आएको छ । आबुधाबीमा हुने टि टे१० लिग हुने भएको र टि टेनमा अनुबन्ध हुँदा इमर्जिङ एसिया कप तालिकामै नभएको हुँदा अहिले आएर टि टेन खेलको लागि नो अब्जेक्शन लेटर मागेका हुन्, ‘ प्याकुरेलले हाम्रो खेलकुदलाई बताए ।

प्रशिक्षकसँग अनुमति लिएर टि१० मा छनोट भएको हुँदा उता खेल्न पाउँ भनेर पत्र पठाएको उनले बताए । यो पटक पारस र सन्दीपलाई टि टेन खेल्न अनुमती दिने तर आगमी दिनमा भने नेपालको खेल हुँदा नदिने प्याकुरेलले जानकारी दिए ।

इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ । त्यस्तै टि टेन कात्तिक २९ देखी मंसिर ८ सम्म यूएईमा हुने छ । पारस अबुधाबी टिमबाट खेल्ने छन् । त्यस्तै सन्दीप कर्नाटक टस्कर्सबाट खेल्ने छन् । इमर्जिङ कपमा समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेका छन् । नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ ।

यो पनि पढ्नुहोस् :

 

नेपालले फागुनमा एसीसी इस्टर्न रिजन टि-२० खेल्ने

पवनको अलराउन्ड प्रदर्शनमा एमसीसीमाथि नेपालको जित

 

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.