6 years ago
November 5, 2019
एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथले उत्कृष्ट प्रर्दशन गरेपछि तीन खेलको टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले पाकिस्तानलाई ७ विकेटले हराएको छ ।

जितका लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । स्मिथ ५१ बलमा ११ चौका र १ छक्का सहित ८० रनमा नटआउट रहे । तेस्रो ओभरको अन्तिम बलमा मोहम्मद आमिरले डेविड वार्नरलाई २० रनमा बोल्ड आउट गरे । वार्नरले ११ बलमा ४ चौका प्रहार गरे । कप्तान आरोन फिन्च ११, बेन म्याकडरमोट २१ रनमा आउट हुँदा एश्टन टर्नर ८ रनमा अविजित रहे । पाकिस्तानका मोहम्मद इरफान, इमाद वासिम र मोहम्मद आमिरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । पाकिस्तानका तल्लोक्रमका इफ्तिखार अहमदले ३४ बलमा ५ चौका र ३ छक्का सहित आक्रमक अविजित ६२ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । कप्तान बाबर आजमले ५० रनको योगदान दिए । १६ ओभरको अन्तिम बलमा दुई रन लिने क्रममा अर्ध शतक पुरा गर्दै बाबर रन आउट भएका थिए । बाबरले ३८ बलमा ६ चौका प्रहार गरे ।

ओपनर फकार जमान २, हरिस सोहेल ६, मोहम्मद रिजवान १४, आशिफ अली ४ र इमाद वासिम ११ रनमा आउट भए । एश्टोन आगरले २, केन रिचड्सन र प्याट कमिन्सले समान १ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । तेस्रो तथा अन्तिम टि ट्वान्टी खेल शुक्रबार हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]