6 years ago
November 6, 2019
सुबास हुमागाईं, काठमाडौं
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपाल राष्ट्रिय क्रिकेट टोलीबीच टियू क्रिकेट मैदानमा प्रथम श्रेणी क्रिकेट अन्तर्गत तीन दिवसीय खेल चल्दैछ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लसहित ९ खेलाडीले डेब्यु गरेका छन् ।

शरद भेषावकर र सोमपाल कामीले यसअघि नै प्रथम श्रेणी क्रिकेट खेलिसकेका छन् । सोमपालले नेपालका लागि भने प्रथम श्रेणीमा डेब्यु गरेका हुन् । यसअघि उनले सन् २०१५ डिसेम्बरमा श्रीलंकाको सारकेन्स स्पोर्ट्स क्लबका लागि कोलम्बो क्रिकेट क्लबविरुद्ध प्रथम श्रेणी क्रिकेट खेलेका थिए । शरदले भने यसअघि नेपालले खेलेको चारै प्रथम श्रेणी खेलमा सहभागिता जनाएका छन् ।
खेलअघि डेब्यु गरेका खेलाडीलाई प्रशिक्षक उमेश पटवाल, व्यवस्थापक सुमन राज कार्की, सहायक प्रशिक्षक मनोज कटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, सिनियर खेलाडी शरद भेषावकर र फिजियो विक्रम न्यौपानेले क्याप प्रदान गरेका थिए । हेर्नुहोस् फोटोफिचर:


December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]