6 years ago
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी खेलको पहिलो दिन लन्चअघि नेपालविरुद्ध मध्यम सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसी लन्च ब्रेक अघि २८ ओभरमा १ विकेट गुमाउँदै ८४ रन बनाएको छ । उसका ओपनर विल रोड्स ७ चौका सहित ४४ रनमा अविजित छन् ।
रोड्सलाई इंग्ल्यान्डबाट दुई वर्षअघि टेष्टमा डेब्यू गरेका टम वेस्ट्ली ४ चौका सहित २५ रनमा साथ दिएका छन् । वेस्ट्ली र रोड्सबीच दोस्रो विकेटका लागि ५८ रनको अर्धशतकीय अविजित साझेदारी भई सकेको छ ।
नवौं ओभरको पहिलो बलमा सोमपाल कामीले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीको उत्कृष्ट क्याचमा पेभिलिएन फर्काए । दशौं ओभरमा विनोद भण्डारीले स्लिपमा रोड्सलाई व्यक्तिगत १४ रनमा सहज क्याच छाड्दै जीवनदान दिएका थिए ।
यस खेलबाट नेपालका लागि १० खेलाडीले प्रथम श्रेणीमा डेब्यु गरेका छन् । शरद भेषावकरले नेपालका लागि यसअघि नै प्रथम श्रेणी क्रिकेट खेलिसकेका थिए भने सोमपालले श्रीलंकाको घरेलु क्रिकेट खेलेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]