6 years ago
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विल रोड्सले अर्ध शतक प्रहार गरेसँगै मरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालविरुद्ध बलियो प्रर्दशन गरेको छ । टस हारेर ब्याटिङ थालेको एमसीसी ४२ ओभरमा २ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको छ ।
एमसीसीका टम वेस्ट्ली ५ चौका सहित ३८ र माइल्स हामान्ड ३ चौका सहित २२ रनमा क्रिजमा छन् । ३५ ओभरको दोस्रो बलमा सोमपाल कामीले ओपनर विल राड्सलाई ७३ रनमा बोल्ड आउट गरे । रोड्सले १ सय १० बलमा १२ चौका प्रहार गरे ।
त्यसअघि ब्यक्तिगत १४ रनमा विनोद भण्डारीलाई क्याच छाडेपछि जीवनदान पाएका थिए । वेस्ट्ली र रोड्स दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।
नवौं ओभरको पहिलो बलमा सोमपालले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीले उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काए । नेपालका सोमपालले दुई विकेट लिदा अन्यले सफलता हात पार्न सकेका छैनन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]