6 years ago
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो दिन दोस्रो सेसनमा टि ब्रेक अघि बलियो अवस्थामा छ ।

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसी ६० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको छ । एमसीसीका एड योङ १५ र विल भानडरसपार ३७ रनमा खेलि रहेका छन् । नवौं ओभरको पहिलो बलमा सोमपाल कामीले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीले उत्कृष्ट क्याच गराउँदै पेभिलिएन फर्काए ।

३५ औं ओभरको दोस्रो बलमा सोमपालनै ओपनर विल रोड्सलाई ७३ रनमा बोल्ड आउट गरे । रोड्सले १ सय १० बलमा १२ चौका प्रहार गरे । रोड्सले त्यसअघि व्यक्तिगत १४ रनमा छँदा विनोद भण्डारीले क्याच छाडेपछि जीवनदान पाएका थिए । वेस्ट्ली र रोड्स दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । शरद भेषावकरले ४३ ओभरको दोस्रो बलमा टम वेस्टलीलाई ३९ रनमा एलबी डब्लू आउट गरे । वेस्ट्लीले १ सय २ बलमा ४ चौका प्रहार गरे ।
शरदलेनै माईल्स ह्मान्डलाई ५२ रनमा बोल्ड आउट गरे । शरदले ५३ ओभरमा बोल्ड आउट गर्नु अघि माईल्सले ६ चौका र १ छक्का प्रहार गरे । नेपालका शरद भेषवकर र सोमपाल कामीले समान २ विकेट लिएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]