6 years ago
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको तिन दिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो दिनको खेल सकिदा बलियो अवस्थामा रहेको छ ।
टस हारेर ब्याटिङ थालेको एमसीसी ८७ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रनको अवस्थामा पहिलो दिनको खेल सकिएको छ । खराब प्रकाश (ब्याड लाइट) को कारण ९ ओभर बाँकी रहँदा पहिलो दिनको खेल सकिएको हो ।
एमसीसीका यासिर अराफात ३५ र एलेक्स थोम्पसन २२ रनमा अविजित छन् । नवौं ओभरको पहिलो बलमा सोमपाल कामीले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीबाट उत्कृष्ट क्याच गराउँदै पेभिलिएन फर्काए ।
३५ ओभरको दोस्रो बलमा सोमपालनै अर्का ओपनर विल रोड्सलाई ७३ रनमा बोल्ड आउट गरे । रोड्सले १ सय १० बलमा १२ चौका प्रहार गरे । रोड्सले ब्यक्तिगत १४ रनमा जीनवदान पाएका थिए । विनोद भण्डारीले सहज क्याच छाड्न पुगेका थिए । वेस्ट्ली र रोड्स दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे ।
शरद भेषवकरले ४३ ओभरको दोस्रो बलमा इंग्ल्यान्डबाट टेष्ट खेली सकेका युवा खेलाडी टम वेस्ट्लीलाई ३९ रनमा एलबी डब्लू आउट गरे । उनले १ सय २ बलको सामना गर्दै ४ चौका प्रहार गरे ।
शरदलेनै माईल्स हामान्डलाई ५२ रनमा बोल्ड आउट गरे । माईल्सले ६ चौका र १ छक्का प्रहार गरे । सन्दीपले ६२ ओभरको चौथो बलमा अलराउन्डर एड योङलाई १७ रनमा सिलिपमा कप्तान ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराउँदै प्रथम श्रेणीमा ब्यक्तिगत पहिलो सफलता हात पारे ।
औं ७२ ओभरको अन्तिम बलमा सन्दीपले विल भानडरसपारलाई ५३ एलबी डब्लू आउट गर्दै पेभिलिएनको बाटो देखाए । उनले ९६ बलमा ८ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि तीब्र गतिका बलर सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने र शरद भेषवकरले समान २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]