6 years ago
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा कार्तिक २५ देखि ३० सम्म (नोभेम्बर ११ देखि १६) हुने बी एण्ड आर यू१९ महिला प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ ।

बुधबार डली भट्टको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेकी डली कप्तान रहँदा कविता कुँवर उप कप्तान बनेकी छिन्। वुमन्स च्याम्पियन्स लिगमा उदीयमान खेलाडी घोषित भएकी इश्वरी विष्ट पनि टोलीमा सामेल छिन् । यसबाहेक अधिकंश खेलाडी डब्लूसीएलमा खेलेका छन् । टोलीको प्रशिक्षकमा कलाम अली रहेका छन् । नेपाली टोली ८ नोभेम्बरमा चीन प्रस्तान गर्ने छ ।
अन्तिम टोली : डली भट्ट (कप्तान) ,कविता कुँवर (उपकप्तान), कृतिका मरासैनी, यशोदा विष्ट, सृष्टि जैसी, राजमती ऐरी, इश्वरी विष्ट, लक्ष्मी साउद, खुसी डंगोल, गोमा आले, ज्योती दनुवार, निङ्मा तामाङ, शिला रेग्मी, र लाखिता राजवंशी
वैकल्पिक खेलाडी : हेलिसा तामाङ, पेमा लिम्बु शेर्पा र मनिषा राना
अफिसियल : अमृता पौडेल- व्यवस्थापक, कलाम अली – प्रशिक्षक, सकुना दानी – फिजियो
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]