default_image

6 years ago

November 6, 2019

अफगानिस्तानमाथि वेस्ट इन्डिजको सानदार जित

174 views

0 Bookmark

एजेन्सी – तीन एकदिवसिय खेलको सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई ७ विकेटले हराएको छ ।

जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । वेस्ट इन्डिजलाई सहज जित दिलाउन रोश्टन चेश र शाई होपले उत्कृष्ट ब्याटिङ गरे । रोश्टन र शाईले तेस्रो विकेटका लागि १ सय ६३ रनको सर्वोउत्कृष्ट साझेदारी गरेपछि वेस्ट इन्डिजले अफगानिस्तानले सहजै हराएको हो ।

४४ ओभरको पाँचौ बलमा मुजिव उर रहमानले बोल्ड आउट गर्नुअघि चेशले १ सय १५ बलमा ११ चौका सहित ९४ रनको योगदान दिए । विकेटकीपर शाई होप १ सय ३३ बलमा ५ चौका सहित ७७ रनमा अविजित रहे । इभिन लुईस ७ र शिम्ररोन हेटमायर ३ रनमा आउट भए । निकोलस पुरन ८ रनमा अविजित रहे । अफगानिस्तानका मुजिव उर रहमानले २ र नविन उल हकले १ विकेट लिए ।

त्यसअघि भारतको लखनउमा टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४५.२ ओभरमा अल आउट हुँदै १ सय ९४ रनमा समेटिएको थियो । अफगानिस्तानका रमात शाहले ८० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । विकेटकीपर इकराम अली खिलले ५८, अस्गर अफगान ३५, गुलबदीन नाइब १७, हज्रतुल्लाह जजाई ९ रनमा आउट भए । कप्तान राशिद खान गोल्डेन डक आउटको शिकार हुन पुगेका थिए ।

वेस्ट इन्डिजका जोसन होल्डर, रोमारिओ शेरफर्ड र रोश्टनले समान २ विकेट लिए । दोस्रो एक दिवसिय खेल शनिबार हुनेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.