6 years ago
November 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो इनिङमा १०१.५ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको छ । दोस्रो दिनको पहिलो सेसनमा नेपालले ४ विकेट लिएको हो ।

एमसीसीले दोस्रो दिन ८६ ओभरमा ३११-६ को अवस्थाबाट इनिङ थालेको थियो । उसका यासिर अराफात ६५ रनमा अविजित रहे । ९१ ओभरमा करण केसीले एलेक्स थम्पसनलाई ३० रनमा एलबी डब्लू आउट गरे । करणलेनै एलेक्स स्पेन्सरलाई शून्यमा पेभिलिएन फर्काए । ९७ औं ओभरमा क्रिस राइटलाई ४ रनमा एलबी डब्लू आउट गरे ।
पहिलो दिन ओपनर बिली गोडलम्यान १० रनमा क्याच आउट भएका थिए । अर्का ओपनर विल रोड्स ७३ रनमा बोल्ड आउट भए । करणले ओलिभर डल्बीलाई १० रनमा आउट गरे । ३५ ओभरको दोस्रो बलमा सोमपालले बोल्ड आउट गर्नुअघि रोड्सले १ सय १० बलमा १२ चौका प्रहार गरे । रोड्सले विनोद भण्डारीले क्याच छाड्दा ब्यक्तिगत १४ रनमा जीनवदान पाएका थिए ।

शरद भेषवकरले ४३ ओभरको दोस्रो बलमा इंग्ल्यान्डबाट टेष्ट खेली सकेका युवा खेलाडी टम वेस्ट्लीलाई ३९ रनमा एलबी डब्लू आउट गरे । उनले १ सय २ बलमा ४ चौका प्रहार गरे । शरदले नै माईल्स हामान्डलाई ५२ रनमा बोल्ड आउट गर्दै पेभिलिएनको बाटो देखाए । माईल्सले ६ चौका र १ छक्का प्रहार गरे । अलराउन्डर एड योङ १७ रनमा आउट भए ।
औं ७२ ओभरको अन्तिम बलमा सन्दीपले विल भानडरसपारलाई ५३ एलबी डब्लू आउट गरे। उनले ९६ बलमा ८ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए । सोमपाल कामी र शरद भेषवकरको नाममा समान २ विकेट रह्यो ।
नेपालका लागि पहिलो इनिङमा ओपनरको रुपमा विकेटकीपर राजु रिजाल र कप्तान ज्ञानेन्द्र मल्ल आएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]