6 years ago
November 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय प्रमथ श्रेणीमा ३ सय २ रनको अग्रता लिएको छ ।

दोस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा एमसीसी २१ ओभरमा ९१–२ को बलियो अवस्थामा छ । उसका टम वेस्ट्ली १७ रनमा अविजित छन् । पवन सरार्फले ११ औं ओभरमा करण केसीबाट क्याच गराउँदै ओपनर विल रोड्सलाई ३० रनमा आउट गरे । १७ औं ओभरमा ललित नारायण राजवंशीले बिली गोडलम्यानलाई ३९ रनमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काए ।
त्यसअघि विहीबारनै पहिलो इनिङमा नेपाल ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले ३९ रनमा अविजित रहे । अन्तिममा सन्दीपले २१ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै खेललाई रोमान्चक बनाएका थिए । अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीबीच ४२ रनको साझेदारी भएको थियो ।

विनोद भण्डारीले ३६ रन जोड्दा सोमपाल कामीले २६ रनको योगदान दिए । विनोदले ५ र सोमपालले ४ चौका प्रहार गरे । खराव सुरुवात गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैटौ विकेटका लागि ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे ।
यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएनको फर्काएका थिए । यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा आउट गरे । नवौं ओभरको तेस्रो बलमा राजु रिजाल ८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी १६ औं ओभरमा १ रनमा आउट भएपछि नेपाल २१–४ को कमजोर अवस्थामा पुगेको थियो । आरिफ शेख १० रनमा क्याच आउट भए । पवन सरार्फ र करण केसी समान २ रन जोड्दै पेभिलिएन फर्के । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए ।

त्यसअघि एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]