6 years ago
November 7, 2019
एजेन्सी – कप्तान रोहित शर्माले विश्फोटक ब्याटिङ गरेपछि दोस्रो टि ट्वान्टी खेलमा भारतले बंगलादेशलाई ८ विकेटले हराएको छ । योसँगै तीन टि ट्वान्टी खेलको सिरिज १-१ को बराबरी भएको छ ।

जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा ओपनर तथा कप्तान रोहित शर्माले ८५ रनको विश्फोटक इनिङ खेले । १३ ओभरको दोस्रो बलमा अमीनुल स्लामले मोहम्मद मिथुनबाट क्याच आउट गराउनु अघि रोहितले ४३ बलमा समान ६ चौका र ६ छक्का प्रहार गरे । उनले मात्र २३ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।
रोहितले पहिलो विकेटका लागि शिखर धवनसँग १०.५ ओभरमा १ सय १८ को साझेदारी गर्दै सहज जित पक्का गरेका थिए । अमीनुललेले बोल्ड आउट गर्नुअघि शिखरले २७ बलमा ४ चौका सहित ३१ रन जोडे । केएल राहुल ८ र श्रेयस ऐर २४ रनमा अविजित रहे । बंगलादेशका अमीनुल स्लामले २ विकेट लिए ।

त्यसअघि राजकोटमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । पहिलो विकेटका रुपमा ओपनर लिटन दास र मोहम्मद नइमले ७.२ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । रन आउट हुनुअघि दासले २१ बलमा ४ चौका सहित २९ जोडे । नईम ३६, मुश्फिकुर रहीम ४, सौम्य सरकार २० बलमा २ चौका र १ छक्का सहित ३० रनमा आउट भए ।
कप्तान महमुदुल्लाह २० बलमा ४ चौका सहित ३० रनमा क्याच आउट हुँदा मोसाद्देक हुसेन ७ र अमीनुल स्लाम ५ रनमा अविजित रहे । भारतका स्पिनर युजभेन्द्र चाहलले २ विकेट लिए । खलिल अहमद, दीपक चाहर र वाशिन्टन सुन्दरको नाममा समान १ विकेट रह्यो । बंगलादेशले पहिलो खेलमा भारतलाई ७ विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम टि ट्वान्टी खेल आगमी आइतबार नागपुरमा हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]