6 years ago
November 8, 2019
काठमाडौं(हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रस्तुत गरेको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ । लन्च ब्रेक अघि नेपाल ९ ओभरमा १ विकेट गुमाउँदै ५१ रन जोडेको छ ।
नेपालका ओपनर तथा विकेटकीपर राजु रिजाल ५ चौका सहित ३१ रनमा अविजित छन् । उनलाई शरद भेषवकरले ३ चौका सहित १४ रनमा साथ दिएका छन् । पहिलो इनिङमा डक आउट भएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो इनिङमा ६ रनमा एलबी डब्लू आउट भए ।
सम्रगमा नेपाल अझैं ३ सय ४२ रनले पछि छ । पहिलो इनिङमा एमसीसी ३ सय ६४ रनमा अल आउट भएको थियो । नेपाल १ सय ५३ रनमा अल आउट हुँदै २ सय ११ रनले पछि परेको थियो । दोस्रो इनिङमा एमसीसीले १ सय ८१ रनमा ६ विकेट गुमाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]