default_image

6 years ago

November 8, 2019

नेपाल हारतर्फ उन्मुख

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाल पराकिलो हार नजिक पुगेको छ । तेस्रो तथा अन्तिम दिन टि ब्रेक अघि ३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको छ ।

नेपालले जितको लागि अन्तिम सेसनमा २ सय ४९ रन बनाउनु पर्ने हुन्छ । नेपालका लागि सन्दीप लामिछाने २ छक्का र १ चौका सहित १६ रनमा क्रिजमा छन् । सन्दीपले एलेक्स थम्सपनलाई ३४ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई छक्का तथा पाँचौ बलमा चौका प्रहार गरेका थिए । सन्दीपले पहिलो इनिङमा २१ बलमा ४ छक्का र २ चौका सहित ३९ रनमा अविजित रहेका थिए । सोमपाल कामी २२ रनमा अविजित छन् ।

ओपनर तथा विकेटकीपर राजु रिजाल ५ चौका सहित ३१ रन जोडे । शरद भेषवकर १५, ज्ञानेन्द्र मल्ल ६, मध्यक्रमका विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फ शून्यमा पेभिलिएन फर्के । तल्लोक्रममा सोमपाल कामी र करण केसीले ४६ रनको सझेदारी गरे । ३२ ओभरमा करण केसी १८ रनमा एलबी डब्लू आउट भएका छन् ।

त्यसअघि नेपाललाई ३ सय ९३ रनको विशाल लक्ष्य दिने क्रममा तेस्रो दिनको पहिलो सेसनमा एमसीसीले ३६ ओभरमा १८१-६ को दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमा २ सय ११ रनको अग्रता लिएको एमसीसीले सम्रगमा ३ सय ९२ रनको अग्रता लिएको हो । तेस्रो दिन एमसीसीले २१ ओभरमा ९१–२ को अवस्थाबाट सुरु गरेको थियो । विहीबार पहिलो इनिङमा नेपाल ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.