6 years ago
November 8, 2019
काठमाडौं(हाम्रो खेलकुद) – झन्डै १५ वर्षपछि नेपालमा आयोजित प्रथम श्रेणी तीनदिवसीय खेलमा घरेलु टोली नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग लज्जास्पद हार बेहोरेको छ । नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको योगदान दिए । ओपनर तथा विकेटकीपर राजु रिजाल ५ चौका सहित ३१ रनको योगदान दिए । शरद भेषवकर १५, ज्ञानेन्द्र मल्ल ६, मध्यक्रमका विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फ शून्यमा आउट भए ।
तल्लोक्रममा सोमपाल कामी र करण केसीले आठौं विकेटका लागि ४६ रनको सझेदारी गरेका थिए । ३२ ओभरमा करण केसी १८ रनमा एलबी डब्लू आउट भए । सन्दीपले एलेक्स थम्सपनलाई ३४ ओभरको तेस्रो, चौथो बलमा छक्का तथा पाँचौ बलमा चौका प्रहार गरेका थिए । सन्दीप ४० औं ओभरमा २५ रनमा एलबी डब्लू आउट भए । सन्दीपले २ छक्का र १ चौका प्रहार गरे । नवौं विकेटका लागि सोमपाल र सन्दीपले ५० रनको साझेदारी गरेका थिए । एमसीसीका ओलिभर डल्बीले सर्वाधिक ५ विकेट लिए ।

एमसीसीले ३६ ओभरमा १ सय ८१ रन जोड्न ६ विकेट गुमाएको अवस्थामा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका टम वेस्ट्ली ३४, माइल्स हामान्ड ११, एड योङ ३१, विल रोड्स ३० र बिली गोडलम्यान ३९ रनमा आउट भए । नेपालका तीब्र गतिका बलर करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।
नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले २१ बलमा ४ छक्का र २ चौका सहित सर्वाधिक ३९ रनमा अविजित रहे । त्यस्तै विनोद भण्डारी ३६, सोमपाल कामी २६, ज्ञानेन्द्र मल्ल डक, शरद भेषवकर ४, राजु रिजाल ८, दीपेन्द्र सिंह ऐरी १ र आरिफ शेख १० रनमा आउट भए । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए ।
एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]