6 years ago
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले भारतमा हुने यू-१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउने नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको छ । शुक्रबार क्यानका सचिव अशोकनाथ प्याकुरेलले टोलीको विदाई गरे।
टोली शनिबार बिहान १० बजे भारततर्फ लाग्ने छ । टोलीका कप्तान रित गौतमले टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताए । ‘टिम नयाँ छ,नयाँ खेलाडीलाई मौका दिएका छौ, सम्रगमा टोली बलियो छ’,उनले भने ,’ धेरै खेलाडी पहिला पहिला देखि नै यू१९ खेल्दै आएका छन् । मेरिलेबोन क्रिकेट क्लबसँगको प्रर्दशनले टोलीको मनोबल झनै बढाएको छ।’
मेरिलेबोनले जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको यू-१९ टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रन जाडेको थियो । रितले आफ्नो लागि पनि ठूलो अवसर रहेको बताए । यू१६ को सफल कप्तानी गरि सकेका रित मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग) को पुरुष टोलीको ३५ खेलाडीको सुचिमा छन् ।
रितले टोलीको बलियो पक्ष ब्याटिङ रहेको बताए । त्यस्तै बाँया हातको चौर औलामा चोटका कारण सुर्य तामाङले भारत भ्रमण गुमाउने छन् । उनको स्थान सागर ढकालले लिएका छन् । भारतको हैदराबादमा कार्तिक २५ देखि मंसिर १ गतेसम्म चल्ने प्रतियोगितामा भारतको ३ टोलीसँगै नेपालको यू-१९ टोलीले प्रतिस्पर्धा गर्ने छ ।
भारतको आधिकारिक यू-१९ प्रतियोगिता समेत रहेको यस प्रतियोगितामा भारत रातो, भारत निलो र भारत पहेंलोसँगै नेपालले प्रतिस्पर्धा गर्नेछ । भारतका शीर्ष यू-१९ खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा एक आपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् भने तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले कार्तिक २५ गते पहेंलो, २७ गते रातो र २९ गते निलो टोलीसंग खेल्नेछ । फाइनल तथा तेस्रो स्थानको खेल मंसिर १ गते हुनेछ ।
यू-१९ क्रिकेट टोली : रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दस, विशालविक्रम केसी, खडक बहादुर बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सागर ढकाल, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी, गौतम केसी ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]