6 years ago
November 9, 2019
एजेन्सी – घरेलु मैदानमा हुने यू१९ च्यालेन्जर सिरिजको लागि भारतले आफ्नो तीनै फरक फरक यू१९ टोली घोषणा गरेको छ । भारतीय यू१९ तीन फरक घोषणा टोलीमा एक महिना अघि दोहोरो शतक प्रहार गर्ने १७ वर्षिय यशस्वी जयस्वाल भारतीय ए टोलीमा परेका छन् । भारतले नेपाली यू१९ टोली विरुद्ध खेल्ने तीनै बलियो टोली बनाएको छ ।

भारतको ए को कप्तानी धुब्र चन्द जुरेलले गर्ने छन् । गत सेम्टेम्बरमा श्रीलंकामा भएको यू१९ एसिया कपमा भारतले उपाधि जित्दा जुरेल कप्तान थिए । भारत बी को कप्तानी प्रियाम गर्गले गर्ने छन् । उनले १२ प्रथम श्रेणीमा ८ सय ६७ रन बनाएका छन् । उनको उत्कृष्ट प्रर्दशन २ सय ६ रन छ । त्यस्तै उनले १५ लिष्ट ए र ११ टि ट्वान्टी आई खेलेका छन् । शुमांग हेगडेले भारतीय सी टोलीको कप्तानी गर्ने छन् ।
भारतीय ए टोलीमा रहेका १७ वर्षिय ओपनर यशस्वी जयस्वाल नेपाली खेलाडीलाई घातक बन्न सक्छन् । उनले १ प्रथम श्रेणी र ९ लिष्ट ए खेलेका छन् । एक महिना अघि उनले विजय हजारे ट्रर्फिमा मुम्बईबाट झारखण्डबीरुद्ध १ सय ५४ बलमा १७ चौका र १२ छक्का सहित २ सय ३ रन बनाउँदै विश्वमै सनसनी मच्चाएका थिए । धेरैले उनलाई रोहित शर्मा र शिखर धवन पछिको भारतीय ओपनरको रुपमा हेर्न थालेका छन् ।
यशस्वीले केहि दिन अघि भारत बी बाट भारत सी विरुद्ध ५४ रन जोडेका थिए । उत्कृष्ट लयमा रहेका उनले पछिल्लो ८ खेलमा क्रमश : ५४, २८, ३१, ६०, २ सय ३, १ सय २२, २२, १ सय १३ रन जोडेका छन् । यू१९ भारतीय बी टोलीमा तिलक बर्मा छन् । बर्माले १ प्रथम श्रेणी, ६ लिष्ट ए र ३ टि ट्वान्टी एस खेलेका छन् ।

यू१९ एसिया कपमा भारतलाई उपाधि दिलाउन नायक बनेका स्पिनर अथर्भ अंकोलेकर पनि भारतीय बी टोलीमा छन् । उनी यू१९ एसिया कपमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ४ खेलमा ३.०३ को इकोनमीमा १२ विकेट लिएका थिए । फाइनलमा श्रीलंकाविरुद्ध ८ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिएका थिए । भारतको बी टोलीमा यू१९ एसिया कपमा राम्रो प्रर्दशन गरेका मध्यगतिका बलर आकाश सिंह पनि छन् ।
भारतीय सी टोलीमा यू१९ एसिया कपमा सर्वाधिक रन बनाउने अर्जुन अजाद मुख्य हतिहायर हुने छन् । उनले एसिया कपमा ४ खेलमा समान १ शतक र अर्ध शतक सहित कुल २ सय ४ रन जोडेका थिए । भारतको हैदराबादमा हुने यू१९ च्यालेन्जर सिरिजमा सहभागि जनाउन नेपाली यू१९ ए टोली शनिबार त्यसतर्फ लागेको छ । नेपाली टोलीको कप्तानी रित गौतमले गरेका छन् । कात्तिक २५ देखी मंसिर १ सम्म चल्ने प्रतियोगितमा भारतका तीन र नेपाल गरि चार टोलीले प्रतिस्पर्धा गर्ने छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।

भारतीय यू१९ ए टोली :
धुब्र चन्द्र जुरेल(कप्तान तथा विकेटकीपर), यशस्वी जयस्वाल, साई सुदर्शन, जय गोहिल, समिर रिजवी, अर्जुन मुर्थि, नितेश कुमार रिड्डी, कृतिज्ञा कुमार सिंह, अमन बदोरिया, ऋषभ बन्साल, पुर्णांक त्यागी,दशरथ कुमार, अन्कित रेड्डी, प्रिन्स यादव र देबोप्रतिम हल्दार
यू१९ भारतीय बी टोली :
तिलक बर्मा, सागर दाहिया, यश दुल्ल, प्रियाम गर्ग (कप्तान) सिद्धेश विर, कृतिक कृष्ण( विकेटकीपर) दिब्यंश जोशी, अथर्व अंकोलेकर, रवि विसोनी, निर्मल कुमार, आकश सिंह, अकिब खान, विवेक कुमार, नेहाल पज्नी र हर्ष जमवाल
यू१९ भारतीय सी टोली :
दिब्यंश सक्सेना, अर्जुन अजाद, प्रदोष राजन पल, शाश्रव रावत, बरुण लभंडे, कुमार कुशगरा(विकेटकीपर), सौरभ डागर, शुमांग हेगडे(कप्तान), रवि रोशन, ब्रिकान्त बदोरिया, सीटीएल रक्सान, दानित राउत, विद्याधर पटेल, अर्यान सिट्टी, युसुफ मुजितबा
नेपाली टोली :
रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दास, विशाल विक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सागर ढकाल, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जि.सी र गौतम केसी
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]