default_image

6 years ago

November 30, 2019

वार्नरको तेहेरो शतकसँगै अष्ट्रेलियाको विशाल अग्रता

139 views

0 Bookmark

एजेन्सी- ओपनर डेविड वार्नरको तेहेरो शतकसँगै अष्ट्रेलियासँगको दोस्रो टेष्टमा दोस्रो दिनको खेल सकिँदा पाकिस्तानलाई फलोअनको चिन्ता बढेको छ ।

शनिबार दोस्रो दिनको खेल सकिँदा पाकिस्तान पहिलो इनिङमा ४ सय ९३ रनले पछि परेको छ । पाकिस्तान पहिलो इनिङमा ३५ ओभरमा ९६-६ को कमजोर अवस्थामा छ । उसका युवा ब्याट्सम्यान बाबर आजम ६७ बलमा ६ चौका सहित ४३ रनमा अविजित छन् । बाबरलाई तेस्रो दिन आइतबार यासिर शाहले ब्यक्तिगत ४ रनबाट साथ दिने छन् ।

ओपनर शन महसुद १९, इमाम उल हक २, कप्तान अजहर अली र असाद सफिक समान ९ रनमा आउट भए । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले १३ ओभरमा ५ मेडन सहित २२ रन सहित ४ विकेट लिए । प्याट कमिन्स र जोश हजलवुडले १-१ विकेट लिएका छन् ।

अष्ट्रेलियाले १ सय २७ ओभरमा ५८९-३ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गर्यो । अष्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गर्दा डेविड वार्नर ३ सय ३५ रनमा नटआउट रहे । उनले ४ सय १८ बलको सामना गर्दै ३९ चौका र १ छक्का प्रहार गरे । १ सय २० ओभरको पहिलो बलमा चौका प्रहार गर्दै वार्नरले ३ सय ८९ बलमा तेहेरो शतक पुरा गरेका थिए । यो वार्नरको करिअरकै पहिलो तेहेरो शतक हो ।

तेहेरो शतक जोडेका वार्नरले दोस्रो दिनको खेलमा उनले जीवनदान पाएका थिए । मुसा खानको बलमा बाबर आजमले क्याच गरेपनि अम्पायरले नोबल दिएका थिए । तेहेरो शतकसँगै वार्नर अष्ट्रेलियाका लागि टेष्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक स्कोर जोड्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा पुगेका छन् । अष्ट्रेलियाका लागि म्याथ्यु हेडनले जिम्बाब्वेविरुद्ध ३ सय ८० रन जोडेका थिए । म्याथ्यु वेडले ३८ रनमा नटआउट रहे ।

स्टिभ स्मिथ ३६ रनमा विकेटकिपर मोहमद रिजवानको हातबाट क्याच आउट भए । योसँगै स्मिथ टेष्टमा सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यान बने । मार्नस लाबुसेन २ सय ३८ बलमा २२ चौका सहित १ सय ६२ रनमा बोल्ड आउट भए । उनलाई युवा तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले बोल्ड आउट गरे । उनले यो टेष्ट करिअरको दोस्रो शतक हो । यसअघि पहिलो टेस्टमा पनि उनले शतक प्रहार गरेका थिए ।

दोस्रो विकेटका लागि वार्नर र लाबुसेनले ३ सय ६१ रनको साझेदारी गरेका थिए । ओपनर जो बर्न्सलाई शाहिन अफ्रिदीले चौथो ओभरको चौथो बलमा मोहम्मद रिजवानबाट ४ रनमा क्याच आउट गराएका थिए । पाकिस्तानका युवा तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले सबै ३ विकेट लिए ।

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

Success

Thank you for your time.