default_image

6 years ago

November 30, 2019

श्रृंखलालाई पाँचपोखरी सुपर-८ क्रिकेटको उपाधि

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिताको उपाधि श्रृखंला छिम्ती क्रिकेट क्लबले जितेको छ ।

शनिबार फाइनलमा आयोजक पाँचपोखरी क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै विजेता श्रृखंलालले ७५ हजार र उप विजेता पाँचपोखरीले ३५ हजार प्राप्त गर्यो ।

टस हारेर ब्याटिङ थालेको पाँचपोखरीले ७.५ ओभरमा अल आउट हुँदै ७५ रनमा समेटियो । उसका मधु धितालले २४ र सबिन धितालले २३ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । श्रृखलाका सुजर तामाङले ३ र अरब तामाङले २ विकेट लिए । ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रृखंलालले ७.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । उसका जंग बहादुर तामाङले ५० र अशोक तामाङले १४ रन जोड्दै उपाधि पक्का गरे ।

त्यसअघि पहिलो सेमिफाइनलमा भोटाङ युथ क्लबलाई ५ विकेटले पराजित गर्दै श्रृखंला फाइनलमा पुगेको थियो । टस जितेर ब्याटिङ थालेको भोटाङ ८ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाएको थियो । उसका जयराम तामाङले १९ र सुरज तामाङले ३१ रन जोडे । ७७ रनको लक्ष्य श्रृखंलालले ५.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

दोस्रो समिफाइनल खेलमा पाँचपोखरीले मेलम्ची नगरपालीकालाई ३२ रनले हराउँदै फाइनलमा पुगेको थियो । टस हारेर ब्याटिङ थालेको पाँचपोखरीले ८ ओभरमा १ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । पाँचपोखरीका सार्थक धितालले २० बलमा ५० रन जोड्दै म्यान अफ द म्याच चुनिए । अनुभवी ब्याट्सम्यान विजय धितालले २४ बलमा ३६ रन जोडे । सार्थक विजयका छोरा हुन् । बाबु छोराले पाँचपोखरीलाई बलियो योगफलसम्म पुर्याएका थिए ।

१ सय ६ रनको विजयी लक्ष्य पछ्याएको मेलम्ची अल आउट हुँदै ७३ रनमा समेटियो । बाल कृष्ण दुलालले ३३ रन जोडे । पाँच पोखरीका सार्थक धितालले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मधु धितालले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । विजय धितालको नाममा २ विकेट रह्यो ।

प्रतियोगिताको उत्कृष्ट बलर ६ विकेट लिएका एकनाथ नेपाल चुनिए । प्रतियोगिताभर १ सय ४९ रन जोडेका अरुण तामाङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए । जंग बहादुर तामाङ म्यान अफ द सिरिज चुनिए । उनले प्रतियोगिताभर २ सय २ रन बनाउनुको साथै २ विकेट लिएका थिए ।

निसान धिताल उदयमान खेलाडी घोषित भए । पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिएका पारा ओलम्पिक खेलाडी स्व जित बहादुर खड्काको स्मृतिमा यस प्रतियोगिता गरिएको हो । जीत बहादुरको २०७२ सालमा गएको महा-भुकम्पको परि मृत्यु भएको थियो ।

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

Success

Thank you for your time.