6 years ago
December 2, 2019
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनको लागि सुरुवाती ९ सय ७१ खेलाडीको नाम दर्ता भएको छ । पुष ३ मा कोलकतामा हुने अक्सनको लागि ७ सय १३ भारतीय र २ सय ५८ विदेशी खेलाडीको नाम दर्ता भएको भारतीय हिन्दुस्तान टाइम्सले जनाएको छ ।

एसोसिएट राष्ट्रबाट दुई खेलाडी मात्रै अटाएका छन् । नेपालका खेलाडी भने अटाएका छैनन् । एसोसिएटबाट नेदरल्यान्ड र अमेरिकाबाट १-१ जनाको नाम दर्ता भएको छ । सर्वाधिक धेरै अष्ट्रलियाबाट ५५ जनाको नाम दर्ता भएको छ । त्यस्तै दक्षिण अफ्रिकाबाट ५४, अफगानिस्तान १९, बंगलादेश ६, इंग्ल्यान्डबाट २२, नेदरल्यान्ड १, न्युजिल्यान्ड २४, श्रीलंका ३९, अमेरिका १, वेस्ट इन्डिजबाट ३४ र जिम्बावेबाट ३ खेलाडीको नाम दर्ता भएको छ ।
कुल ९ सय ७१ खेलाडीबाट अक्सनमा जाने अन्तिम खेलाडीको टुङ्गो आगमी सोमबार लाग्ने छ । नेपालबाट पुर्व कप्तान पारस खड्का र तीब्र गतिका बलर सोमपाल कामी अक्सनमा पर्न सक्ने आशा गरिएको थियो । तर कुनै खेलाडी परेका छैनन् । कुनै फ्रेन्चाइज टोलीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) सँग नाम राख्न आग्रह गरे अक्सन अघि खेलाडीको नाम दर्ता हुन सक्छ ।
लेग स्पिनर सन्दीप लामिछानेपनि सुरुवाती समयमा नअटाएपनि दिल्ली क्यापिटल्सको आग्रहमा अक्सनमा परेका थिए ।
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]