default_image

6 years ago

December 2, 2019

इनिङ अन्तरको जितसँगै अष्ट्रेलियाको क्लिनस्वीप

110 views

0 Bookmark

एजेन्सी – पाकिस्तानसँगको दुई खेलको टेष्ट सिरिजमा अष्ट्रेलियाले क्लिनस्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेष्टमा ४८ रनको इनिङ अन्तरको जित निकाल्दै अष्ट्रेलियाले सिरिज २-० ले जितेको हो ।

पहिलो इनिङमा पाकिस्तान ३ सय २ रनमा समेटिएको थियो । स्पिनर यासिर शाहले ८ औं नम्बरमा ब्याटिङ गर्दै करिअरकै उच्च प्रर्दशन गरेका थिए । याशिरको टेष्ट करिअरको पहिलो शतक प्रहार गर्दै १ सय १३ रन जोडेका थिए । त्यस्तै युवा खेलाडी बाबर आजमले ९७ रनको योगदान दिएका थिए । मिचेल स्टार्कले कप्तान टिम पेनबाट क्याच आउट गराएपछि बाबर शतक बनाउन चुकेका थिए । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले ६ विकेट लिए ।

दोस्रो इनिङमा पाकिस्तान २ सय ३९ रनमा अल आउट भयो । ओपनर शन महसुद ६८, शसाद शफिक ५७ र विकेटकीपर मोहम्मद रिजवानले ४५ रनको योगदान दिए । अष्ट्रेलियाका स्पिनर नाथन लायनले ५ र जोश हेजलवुडले ३ विकेट लिए ।

अष्ट्रेलियाले ५८९-३ को अवस्थामा पहिलो इनिङको समाप्तीको घोषणा गरेको थियो । उसका ओपनर डेविड वार्नरले करिअरकै पहिलो तेहेरो शतक प्रहार गरे । वार्नरले ४ सय १८ बलमा ३९ चौका र १ छक्का सहित ३ सय ३५ रनमा नट आउट रहे । वार्नरनै म्यान अफ द म्याच र म्यान अफ द सिरिज चुनिए । युवा खेलाडी मार्नस लाशुसेनले १ सय ६२ रनको योगदान दिए । पाकिस्तानको तीनै विकेट शाहिन शाह अफ्रिदीले लिए । पहिलो टेष्ट्रमा अष्ट्रेलिया ५ रनको इनिङ अन्तरले विजयी भएको थियो ।

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

Success

Thank you for your time.