6 years ago
December 4, 2019
एजेन्सी– भारतीय मोन्टी देशाईं वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन् । देशाई दुई वर्षको लागि नियुक्त भएका हुन् । वेस्ट इन्डिजले भारतसँगको तीन टि ट्वान्टी सिरिज अघि देशाईंलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । भारतसँगको तीन टि ट्वान्टी सिरिज शुक्रबार देखी सुरु हुने छ ।
गत अप्रिल २० देखी नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्वालिफायरको लागि क्यानाडाले देशाईलाई प्रमुख प्रशिक्षमा नियुक्त गरेको थियो । सन् २०१८ मा एकदिवसिय विश्वकप छनोटमा अफगानिस्तानलाई च्याम्पियन बनाउन मोन्टीको महत्त्वपूर्ण भुमिका रहेको थियो ।
इन्डियन प्रिमियर लिगमा राजस्थान रोयलको प्रशिक्षक रहिसकेका देशाईले नेपाली ब्याटिङ कन्सल्टेन्टको रुपमा काम गरिसकेका छन् । सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व ट्वान्टी–२० छनोटमा देशाई नेपाली टोलीसँग रहेका थिए ।
त्यसअघि सन् २०१४ को विश्वकपमा पनि उनी नेपाली टोलीमा आबद्ध थिए । त्यस्तै सन् २०१७ मा भएको यू-१९ एसिया कपमा पनि मोन्टि टोलीसँग ब्याटिङ कन्सल्टेन्टका रुपमा थिए । त्यसबेला नेपालले भारतविरुद्ध ऐतिहसिक जित पनि दर्ता गरेको थियो ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]