6 years ago
December 6, 2019
एजेन्सी – तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा वेस्टइन्डिजले भारतलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ । राजीव गान्धी क्रिकेट मैदान हैदराबादमा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७ रन बनायो ।

वेस्ट इन्डिजका लागि युवा खेलाडी शिमरोन हेटमायरले ४१ बलमा २ चौका र ४ छक्का सहित ५६ रनमा क्याच आउट भए । शिमरोनलाई १८ औं ओभरको पहिलो बलमा युजभेन्द्र चहलले रोहित शर्माबाट क्याच आउट गराए । ओपनर लेन्डल सिमन्सलाई दोस्रो ओभरको दोस्रो बलमा दीपक चाहरले २ रनमा रोहितबाट क्याच आउट गराए ।
अर्का ओपनर इभिन लुइसले १७ बलमा ३ चौका र ४ छक्का सहित ४० रन जोड्दै आक्रामाक सुरुवात दिलाए । लुईसलाई छैटौं ओभरको चौथो बलमा वाशिन्टन सुन्दरले एलबी डब्लू आउट गरे । ब्रान्डन किङले २३ बलमा ३ चौका र १ छक्का सहित ३१ रन जोडे ।
चौथो विकेटका लागि शिमरोन र कप्तान काइरान पोलार्डले ७१ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज विशाल योगफलमा पुगेको थियो । कप्तान पोलार्डलाई १८ औं ओभरको तेस्रो बलमा युजभेन्द्र चहलले बोल्ड आउट गर्नु अघि १९ बलमा १ चौका र ४ छक्का सहित ३७ रन जोडे ।
जेसन होल्डर २४ र दीनेश रामदीन ११ रनमा अविजित रहे । भारतका स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजा, दीपक चहर र वाशिन्टन सुन्दरले १–१ विकेट लिए ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]